‘बुगीबुगी’की कविताको फ्यान भए पल


काठमाडौं । गायक राज खम्बुको ‘यही त होला माया’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा टेलिभिजन रियालिटी शो ‘बुगीबुगी’का विजेता कविता नेपाली र नायक तथा मोडल पल शाहले अभिनय गरेका छन् । बुगीबुगी शो जितेपछि कविताको यो पहिलो भिडियोमा अभिनय हो ।

गीतमा एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको एरेञ्ज प्रदिप श्रेष्ठ र मिक्सिङ किशोर थापाले गरेका छन् । डान्सिङ जनरामा बनेको म्युजिक भिडियोमा कविताको एक फ्यानको भुमिकामा पल देखिएका छन् ।

टेकेन्द्र शाहको निर्देशन तथा सम्पादन रहेको भिडियो विशाल चौतारी मिडियाको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, रामकुमार केसीको छायांकन छ ।

SUBSCRIBE 👉