महेश भण्डारीको गीतमा आँचल शर्माको रेलिमाई!


नायिका आँचल शर्मा स्टारर नयाँ म्युजिक भिडियो ‘रेलिमाइ’ रिलिज भएको छ। भिडियोमा रोमान्टिक मुडमा देखिएकी आँचल संगै भारतको चर्चित रियालिटी शो डिआइडीबाट चर्चा कमाएका सुजन मार्फा तामाङ (एलिड २० क्रिउ) र भिमफेदी गाईजलाई हेर्न सकिन्छ। दिपक आचार्यको शब्द तथा मिष्टर आरजेको संगीत रहेको गीतमा महेश भण्डारीको साथमा मिष्टर आरजेको पनि स्वर सुन्न सकिन्छ।

गीतलाई एसदिप मुभिजले बजारमा ल्याएको हो। रबिन्द्र बरालको छांयाकन रहेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। मधु आचार्यको व्यवस्थापन रहेको भिडियोलाई कलाकार तथा स्क्रिप्ट राइटर दिपक आचार्यले निर्देशन गरेका छन्। दिपकले यसअघि पनि दर्जनौं गीतको भिडियो निर्देशन गरिसकेका छन्। – भिडियो हेर्नुहोस् :

SUBSCRIBE 👉