दबंग गर्ल सोनाक्षी सिन्हा ‘कलंक’का कारण दंग


‘दबंग’ गर्ल सोनाक्षी सिन्हाले फिल्म ‘कलंक’को एक पात्र बन्न पाएकोमा खुसी व्यक्त गरेकी छिन्। भारतीय मिडियालाई प्रतिक्रिया दिँदै उनले खुसी व्यक्त गरे पनि फिल्ममा आफ्नो भूमिका के हुने भन्नेबारे भने बोलेकी छैनन्।

उनी कुनै पनि कुरा समयभन्दा अघि खुलाउन रुचाउँदिनन्। फिल्ममा सञ्जय दत्त, माधुरी दीक्षित, वरुण धवन, आलिया भट्टलगायत कलाकार रहेकाले पनि सोनाक्षी बढी आशावादी भएकी हुन्।

सोनाक्षीका अनुसार उनले यस फिल्म खेल्नका लागि धेरै फिल्मका लागि आएको प्रस्ताव अस्वीकार गरेकी थिइन्। अनुराग वसु निर्देशित यो फिल्म एक कालखण्डको नाटक हो। सोनाक्षीका अनुसार यस्तो कथाले मानिसलाई अर्को युगमा लैजानेछ।

केही समयअघि प्रदर्शन भएको फिल्म ‘ह्याप्पी फिर भाग जायगी’ सुपर फ्लप भए पनि सोनाक्षी फेरि अभिनयमा जम्न खोजिरहेकी छिन्। सोनाक्षी प्रदर्शन हुन लागेको फिल्म कलंकबाट फेरि दर्शकको दिलमा बस्न पाइने आशामा छिन्।

SUBSCRIBE 👉