प्रियंकाको बिकिनी अबतार: साँच्चै नेपाली सेलिब्रेटीलाई कति गाह्राे है!


यतिबेला अभिनेत्री प्रियंका कार्कीको चर्चा चौतर्फी छ। चलचित्र ‘कथा काठमाण्डु’को सार्बजनिक गीत तथा ट्रेलरमा देखिएको उनको बोल्ड सिनको चर्चा सेलाउन नपाउदै फेरी उनको बिकिनी अवतारको चर्चा चुलिएको छ।

कार्यक्रमको सिलसिलामा भैरहवा पुगेकी प्रियंकाले आफ्नो प्रेमी आयुष्मान देशराजले खिचेको बिकिनी तस्बिर इन्टाग्राममा पोस्ट गरेकी थिइन्। उक्त तस्बिरमा प्रियंका स्लिम देखिएकी छिन्। उनको सो तस्विर पोस्ट गरेको केही समयमै धेरैले नकारात्मक कमेन्ट गरे। शरीरमा अत्याधिक हड्डी देखिएको, इडिट गरिएको लगायतका नकारात्मक कमेन्ट धेरै भएपछि प्रियंकाले नराम्रो कमेन्ट गर्नेको लागी ‘स्टप बडी सेमिङ’ भन्दै अर्को बिकिनी तस्बिर पोस्ट गरिन। सो तस्बिरमा क्याप्सन लेख्दै आफूले फोटो सप वा इडिट नगरेको स्पस्ट परेकी छिन्।

उनको उक्त पोस्टमा एकजनाले कमेन्टमा नै लेखे दिएका छन् ‘नेपाली सेलिब्रेटीलाई कति गाह्रो जे गर्दा नि नहुने।’ सोही कमेन्टमा प्रियंका चित्त दुखाउँदै रिप्लाई दिन्छिन् ‘हामी महिला अधिकारको बारेमा कुरा गर्छौ तर यहाँ महिलाले महिलाको बेइजत गरिरहेको हुन्छ।’ साँच्चै नेपाली सेलिब्रेटीलाई कति गाह्राे है!

प्रियंका कार्कीको फोटो ग्यालरीहरू हेर्नुहोस्

Actress Priyanka Karki Super Hot Pictures

Actress Priyanka Karki’s Sizzling Photos | Music Video Shoot At Chitwan

M&S Sizzling Avatar of Actress Priyanka Karki

Actress Priyanka Karki, Swimming Photos in Malaysia

Priyanka Karki – Hot and Sexy Looks

SUBSCRIBE 👉