फ्रान्समा नेपाली पहिरन, तर रमाउन सकीनन् फेसन डिजाइनर!


फ्रान्सको राजधानी पेरिसमा ‘क्याटवक पेरिस रिभ्योलुसन’ मा नेपाली फेसन डिजाइनर पुनम क्षेत्री गौतमले आफ्ना डिजाइन प्रस्तुत गरेकी छन्। उनले अन्तर्राष्ट्रिय मोडलमार्फत १२ सिक्वेन्सका पहिरन प्रदर्शन गरेकी हुन्। पुनमले विभिन्न देशबाट आएका मोडललाई आफ्ना डिजाइन लगाएर र्‍याम्पमा उतारेकी थिइन्। यो फेसन सो एसएम ग्लोबलले आयोजना गरेको हो।

पुनमले पश्चिमा डिजाइनलाई फ्युजन गराएर तयार पारेको लालीगुराँसको रंग मिश्रित साडी विशेष आकर्षण बन्यो। उनले बिकिनीलाई चोलीसँग फ्युजन गराएकी थिइन्। लन्डन र न्युयोर्कमा आफ्नो डिजाइन प्रदर्शन गरिसकेकी पुनमले पेरिसको कार्यक्रम विशेष रहेको बताइन्। ‘अन्य दुई देशको भन्दा फ्रान्सको सहभागिता विशेष रह्यो।

कायक्रम गरेँ तर रमाउन सकीन। फ्रान्सको पेरिसमा बस्ने सम्पूर्ण नेपाली दाजु भाईमा मेरो नमस्कार !!

यहाँको व्यस्त समयतालिकामा प्रत्येक आधाआधा घन्टामा फेसन सो हुँदोरहेछ। एकले अर्कोको फेसनमा ध्यान नदिँदा रहेछन्’, पुनमले भनिन्, ‘मेरो डिजाइन लगाएर मोडलले र्‍याम्प नाप्दा पृष्ठभूमिमा नेपाली संगीत बजाइएको थियो। मोडलको हिँडाइ र संगीतले गर्दा उपस्थित दर्शक पनि उत्साहित देखिएका थिए। कार्यक्रम सञ्चालकले पटकपटक ‘नेपाल’ शब्द उच्चारण गर्दा मन नै प्रफुल्ल भयो।’

पुनमका अनुसार कोरियोग्राफरले नेपाली पहिरन मन पराएर र्‍याम्पमा लगाएका थिए। कोरियोग्राफरले पुनमलाई ‘आई एम प्रेजेन्टिङ योर कन्ट्री’ भन्दै पहिरन लगाएका थिए। ‘पेरिसका कर्पोरेट तहका व्यक्ति कार्यक्रममा थिए। नेपालको फ्युजन पहिरन लगाएर मोडल र्‍याम्पमा हिँड्दा ‘वेलकम टु पेरिस’ भन्दै ताली बजाए’, पुनमले भनिन् ‘मोडलले पनि आफूहरूले पहिलोपटक यस्तो पहिरन लगाएको बताए।’

पुनमले नेपाललाई फेसनको देश भनेर चिनाउन पेरिसको सो विशेष रहेको बताइन्। नेपालमा विभिन्न किसिमका फेब्रिक रहेकाले त्यसको अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्न सकिए नेपाली फेसनले अन्तर्राष्ट्रिय बजार पाउने दाबी उनले गरिन्। पेरिसपछि दुबईमा पनि फेसन सो गर्ने तयारीमा रहेकी पुनम एसएम ग्लोबलसँग आफ्नो संस्था पुनम इन्टरटेनमेन्टले सहकार्य गर्दै दुई वर्षपछि नेपालमै अन्तर्राष्ट्रिय फेसन सो गर्दैछिन्।

तर फ्रान्सको अनुभव पुनमलाई अलिक तितो भयो। उनको फेसबुक स्ट्याटसले यस्तै प्रस्ट्याउँछ।

फेशन डीजाईनिङ्ग मेरो पेशा र सोख हो। साथै म मेरो पेशा र सोख लिएर विश्वको कुना कुनामा पुग्ने मेरो चाहना र म मेरो देशलाई देशको सांस्कृतिक वेशभूषा द्वारा चिनाउने मेरो योजना हो। यस अघि म अमेरिका पुगेँ, बेलायत पुगेँ र अहिले फ्रान्स पनि पुगेँ। म फ्युजन गर्छु र एउटा नया स्वरूप दिन्छु पहिरनलाई।

फ्रान्सको अनुभव अलिक तितो रह्यो।

थाहा छ देश छोडेर आएका नेपाली दाजु भाईहरूको जीवन यापन अलिक गारो छ, केहि साह्रो छ। तथापि कुनै कार्यक्रम लिएर आउने नेपाली समुहले आफ्ना दाजु भाईहरूको उपस्थितिको अपेक्षा गर्नु कुनै अतिशयोक्ति होइन नै। एक पटक बोलाई दिए पनि कत्रो मनोबल बढ्छ। मैले धेरैलाई फोन गरेँ, कुरा गरेँ , केहि निकै चर्चित परिचितलाई पनि खबर गरेकी थिएँ। तर कुनै response न पाउँदा अलिक खल्लो लाग्यो। मेरो कायक्रम गरेँ तर रमाउन सकीन। फ्रान्सको पेरिसमा बस्ने सम्पूर्ण नेपाली दाजु भाईमा मेरो नमस्कार !!

SUBSCRIBE 👉