अझै पनिको इन्डक्ल्यापमा निर्देशक र नायिकाको गरमागरम नृत्य


alok-nembang-pooja-sharmaग्ल्यामर नेपाल, काठमाडौं । झण्डै डेढ महिनाको अथक मेहनत फिल्मको सुटिङ सकिँदा निर्मातादेखि कलाकार हुँदै प्राविधिकसम्मलाई धेरै खुशी मिल्छ। अझ सुटिङ सकिए पछिको जमघट गर्दाको आनन्द झनै ठूलो हुन्छ। सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्मित फिल्म ‘अझै पनि’ले सुटिङ सकेको अवसर पारेर आयोजना गरेको इन्डक्ल्याप पार्टीमा मंगलबार बेलुका त्यस्तै माहौल देखियो। फिल्मका निर्माता, निर्देशकदेखि प्राविधिकसम्मले ककटेलसहितको पार्टीमा रमाइलो गरिरहँदा फिल्मका निर्देशक आलोक नेम्बाङ र नायिका पुजा शर्माले फिल्मकै गीतमा नृत्य गरेपछि कार्यक्रमको माहौल गरमागरम भएको थियो।

फिल्मको गीत बज्न थालेपछि फिल्मका कलाकारहरु नाँचिरहँदा निर्देशक आलोकलाई एक कलाकारले तानेर अगाडि नायिकासँग नचाउन लागेपछि नायिका पुजा पनि खुशीले प्रफुल्लित भईन्। निर्देशक र नायिकाको नाँच देखेपछि फिल्मका नायक सुदर्शन थापाको मन थाम्नै सकेन, उनी पनि पुजासँग नाँच्न पुगिहाले। रियल लाइफमा पनि प्रेम जोडीका रुपमा चर्चामा रहेका पुजा र सुदर्शनले अनस्क्रिन रोमान्स गरेको फिल्मको माहौलमा उनीहरुको नृत्य पनि कम लोभलाग्दो थिएन।

कार्यक्रममा निर्देशक आलोकले आफु लामो समयपछि फिल्म निर्देशनमा आएको बताउँदै फिल्मले विशुद्ध नेपाली सामाजिक परिवेशलाई प्रस्तुत गर्ने दाबी गरे। निर्माता तथा नायक सुदर्शनले फिल्म हेरेपछि दर्शकहरु पूर्ण रुपमा सन्तुष्ट रहने बताए।

अझै पनिको इन्डक्ल्याप पार्टी फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस

निर्देशकबाट निर्माता हुँदै नायक बनेका सुदर्शन र कष्ट्युम डिजाइनर पुनम गौतमले फिल्ममा लगानी गरेका छन्। फिल्ममा सुरक्षा पन्त, प्रमिला खनाल, विपना धिमाल, पुष्प खड्का, विशाल ढुंगाना, मिथिला शर्मा, विजय लामा र रामशरण पाठकको अभिनय रहेको छ। महेश खड्का, हरि लम्साल, राजनराज शिवाकोटी र सचिन सिंहको संगीत, अष्ट महर्जनको द्वन्द्व र राजेश श्रेष्ठको छायांकन रहेको छ। फिल्मको हाल बागबजारस्थित सिनेजोन स्टुडियोमा पोष्टप्रोडक्सन भइरहेको छ। फिल्मको सुटिङ काठमाडौंसहित मुडेमा भएको थियो।
तस्विरहरु: महेस्वोर मान सिं / ग्ल्यामर नेपाल 
alok-nemban-puja-sharma-dancing-photo

SUBSCRIBE 👉