प्रियंका सँग रोमान्स गर्दै गायक सरोज ओली


प्रियंका कार्की र सरोज ओली अभिनित ‘ए कालु’ बोलको म्युजिक भिडियो रिलिज भएको छ। म्युजिक भिडियोमा नायिका प्रियंकासँग रोमान्स गर्दै देखा परेका छन् गायक ओली। ‘तिमीलाई देखेपछि आई लभ यु’, ‘जता जता पिरतीको बाटो’, माछीले खाने खोलीको लेऊ’, ‘पानी कुवाको’ जस्ता हिट गितका गायक ओलीले गायनसँगै अभिनयको यात्रालाई पनि म्युजिक भिडियो मार्फत पनि निरन्तरता दिएका छन्।

मेलिना राईको स्वर रहेको गीतको म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन्। गीतमा चन्द्र घिमिरेको शब्द र बसन्त सापकोटाको संगीत छ। सुदीप बरालले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉