करिब सात वर्ष पछि बलिउड बादशाह शाहरुख खान दर्शकमाझ टपलेस लुक्समा प्रस्तुत हुने भएका छन्। फरहान खान निर्देशित फिल्म ‘ह्याप्पी न्यू ईयर’मा शाहरुख पुनः एकपक टपलेस बन्दै आफ्ना सुगठित शरीर दर्शकलाई देखाउनेछन्।
यसअघि शाहरुखले फराह कै फिल्म ‘ओम शान्ति ओम’को ‘दर्द एडिस्को’ बोलको गीतमा आफ्नो टपलेस लुक्स देखाएका थिए। यो गीतमा उनले आफ्नो सर्ट मात्र उतारेका थिएनन्, सिक्स प्याक एब्स पनि देखाएका थिए।
‘ह्याप्पी न्यू इयर’ आगामी दिवालीमा रिलिज हुँदैछ। फिल्ममा शाहरुखबाहेक दीपिका पादुकोण, अभिषेक बच्चन, बोमन इरानी र सोनु सुदलगायतले अभिनय गरेका छन्।