अल नेपाल मिसन फोर ट्वान्टी र कस्तो टेन्सन


mission-420
ग्ल्यामर नेपाल, काठमाडौं । महिला हिंसा विरुद्धको कथा समेटिएको फिल्म ‘मिसन फोर ट्वान्टी’ शुक्रबारबाट अल नेपाल रिलिज भएको छ। सञ्चारकर्मी कुमार बिष्टले निर्माण गरेको फिल्मका निर्देशक दयाराम दाहाल हुन्।

फिल्ममा सुमन सिंह, सुनिल थापा, राजाराम पौड्याल, रविन्द्र खड्का, निर्मल शर्मा, श्याम राई, निर्मल सेञ्चुरी, उत्तम केसी, शेखर खनाल, ओम प्रतिक, पवन जोशी, महिमा सिलवाल, कृष्टि पौडेललगायतका कलाकारको अभिनय रहेको छ। दर्शन दाहाल र मन्दिल श्रेष्ठसमेत निर्माता रहेको फिल्ममा कुमार विष्टको कथा, ओम प्रतिकको पटकथा- संवाद, ताराप्रकाश लिम्बुको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य र श्याम रायमाझीको छायांकन रहेको छ । फिल्म कुशल फिल्मस् प्रा.लि.को व्यानरमा बनेको हो।

यसैगरी शुक्रबारबाटै शिव घिमिरे निर्देशित फिल्म ‘कस्तो टेन्सन’ पनि अल नेपाल प्रदर्शनमा आएको छ । फिल्ममा राज क्षितिज, मोनिका दाहाल, बिनिता घिमिरे, आनन्द पुन लगायतको अभिनय रहेको छ।

SUBSCRIBE 👉