‘विपाशालाई कहिले फिल्ममा लिन्न’ – निर्माता वाशु भागवानी


bipasha-basuजोन अब्राहमसँग ब्रेकअप भएपछि विपाशा वशु बलिउडमा ओझेलमा पर्दै गएकी छिन्। उनलाई लिड रोलमामा नदेखिएको दुई वर्ष बित्न लागिसकेको छ। सहायक भूमिका निर्वाह गरेका केही फिल्म पनि असफल भए।

करिब करिब पलायनको संघारमा पुगेकी विपाशाको शुक्रबारबाट नयाँ फिल्म रिलिज भएको छ, ‘हमशकल्स’। साजिद खानले निर्देशन गरेको यो फिल्मका तीन मुख्य अभिनेत्रीमध्ये विपाशा पनि एक हुन् तर उनका कारण निर्माता वाशु भागवानीले धेरै हण्डर सहनु परेको छ। सोही कारण उनले भविष्यमा आफूले निर्माण गर्ने कुनै फिल्ममा पनि विपाशालाई नलिने घोषणा गरेका छन्। निर्माताको यो अभिव्यक्तिले विपाशाको करिअर अझ सकंटमा पर्ने अनुमान गरिएको छ।

विपाशाले प्रचार प्रसारमा समय नदिए पनि भागवानी रिसाएका हुन्। उनले विपाशाले सोचे अनुरुप काम पनि नगरेको आरोप लगाएका छन्। त्यतिमात्र होइन्, आफूले नचाहादा नचाहदै पनि निर्देशक साजिदका कारण फिल्ममा लिएको खुलासा पनि गरेका छन्। उता, विपाशाले भने सुटिङ पश्चात आफ्नो भूमिका काटेकोले चित्त दुखाएको बताइएको छ।

SUBSCRIBE 👉