रुचाईयो ‘मुन्द्रेको कमेडी क्लब’


हाँस्य कलाकार जितु नेपालको नयाँ कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’लाई दर्शकहरुले मन पराएका छन्। सोमबार नेपाल टेलिभिजनमा प्रसारण भएको शो, त्यस लगत्तै युट्युबमा पनि रिलिज गरिएको थियो। आमा अग्नि कुमारी मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको ‘मुन्द्रेको कमेडी क्लब’को पहिलो एपिसोडलाई यो समाचार तयार पार्दासम्म ५ लाख ३२ हजार भन्दा धेरैपटक हेरिसकिएको छ। भिडियो नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा समेत आएको छ।

‘मुन्द्रेको कमेडी क्लब’ पहिलो भाग यहाँ क्लिक गर्नुहोस्

जितु नेपालको शो मा अध्यक्षको भुमिकामा भने सफल निर्मात्री एवं हास्य कलाकार दीपाश्री निरौला रहेकी छिन्। कार्यक्रमको पहिलो एपिसोडमा हास्य कलाकार तथा चलचित्र निर्माता दीपकराज गीरीलाई निम्त्याईएको थियो। कार्यक्रममा हास्य रस मिसाउनको लागि जितु र दीपालई राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेर राईले पनि बेजोडले साथ दिएका छन्।

रबि श्रेष्ठको निर्देशनमा तयार भएको कार्यक्रममा कार्यकारी निर्देशकको रुपमा माधव कार्की रहेका छन्। यस्तै श्रृंखला निर्देशकको जिम्मेवारी कलाकार निरज नेपाललाई दिइएको छ। शो कार्यकारी निर्माता रबिन्द्र कुमार रिजाल (शशी) हुन्।

SUBSCRIBE 👉