‘सुश्री सम्पत्ति’ गीतमा प्रियंकाको दमदार नृत्य


प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सुश्री सम्पत्ति’को एक गीत सार्वजनिक भएको छ। ‘झुम्की हराएँ’ बोलको सो गीतमा मिना निरौला र राजन इसानको स्वर सुन्न तथा सुरेश अधिकारीको शब्द र सङ्गीत सुन्न सकिन्छ। कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्कीको आइटम डान्स हेर्न सकिन्छ। भिडियोमा प्रियङ्कालाई फिल्मका अभिनेता प्रमोद अग्रहरी, विनोद न्यौपाने, सलोन बस्नेतले साथ दिएका छन्।

भिडियो हेर्नुहोस्: सुश्री सम्पत्तिमा झुम्की हराउँदा प्रियंकाको एस्तो ठुम्का

लामो समय संचारकर्ममा आबद्ध रहेका सुुर्वत आचार्यले फिल्म ‘सुश्री सम्पत्ति’को निर्देशन गरेका हुन्। फिल्ममा विनोद, सलोन, प्रमोदको अलावा सारा श्रीपालिको मुख्य भूमिका रहेको छ। यो फिल्ममा अभिनेत्री प्रियङ्का कार्कीको अथिति भूमिका छ। फिल्मलाई रमेश तावा ना, विज्ञान राई, न्युुनम सुब्बा, रोमन शिलाकारले संयुुक्तरुपमा निर्माण गरेका हुन्। फिल्म मंसिर २८ गते रिलिज हुँदै छ।

SUBSCRIBE 👉