फिल्म बनाउदै छन् ‘टाइटानिक’का हिरो – लियोनार्दो


‘टाइटानिक’ बाट विश्वभर चर्चित बनेका अभिनेता लियोनार्दो डी क्याप्रियोले फिल्म निर्माण गर्ने भएका छन्। ‘द रेभिनेन्ट’ फिल्म मार्फत अस्कार अवार्ड समेत जितन सफल लियोनार्दोले बनाउन लागेको फिल्म ‘टाइम मेशिन’को कथामा आधारित रहनेछ। उनले एचजी वेल्सको उपन्यास ‘टाइम मेशिन’ लाई पर्दामा उतार्ने तयारी समेत थालिसकेका छन्।

वार्नर ब्रदर्स र प्यारामाउन्ट पिक्चरले मिलेर निर्माण गर्ने फिल्मलाई एन्डी मशेतीले निर्देशन गर्नेछन। यस फिल्ममा लियोनार्दो एक टाइम ट्राभल गरिरहेका यात्रीको भूमिकामा देखिने भएका छन् , जसले विभिन्न समयलाई देख्छ र त्यहाँको परिस्थितिलाई ठिक गर्छ। फिल्मलाई पास्ट र फ्युचर देखाइनेछ। हलिउडमा टाइम ट्राभलकै विषयमा आधारित फिल्म ‘टाइम मेशिन’, सन् १९६० मा नै जर्ज पालले निर्माण गरेका थिए।

SUBSCRIBE 👉