ठग्स अफ हिन्दुस्तानले पहिलो दिनमा नै राख्यो गज्जबको रेकर्ड


अमिताभ बच्चन र आमिर खान अभिनित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले पहिलो दिनमा ५२ करोडभन्दा बढीको कारोबार गरेको छ। अहिले सम्म कुनै पनि हिन्दी फिल्मले पहिलो दिनमा कमाएको सबैभन्दा धेरै रकम हो। यसअघि यो रेकर्ड शाहरुख खानको फिल्म ह्याप्पी न्यु इयरले राखेको थियो। जसले पहिलो दिनमा ४५ करोडको कारोबार गरेको थियो।

बलिउडमा तहल्का: अनलाइनमा लिक भयो ‘ठग्स अफ हिन्दुस्तान’

फिल्मको पहिलो दिनको कमाईसँगै अब दोस्रो दिनको कमाईको पनि अड्कल काट्न सुरु गरिएको छ। शनिबार र आइतबार पनि भारतमा बिदा छ त्यसैले फिल्मको विकेन्ड रेकर्डतोड हुने मानिएको छ। बक्स अफिस इण्डियाको रिपोर्ट अनुसार फिल्म रिलिज भन्दा पहिला नै दुई लाख टिकट बुक भएको थियो, जसमा शनिबार आइतबारको बुकिङ्ग पनि छ।

SUBSCRIBE 👉