‘जात्रै जात्रा’को टिजर रिलिज: को को परे दयाहाङको जालमा?


नेपाली फिल्म ‘जात्रै जात्रा’को टिजर रिलिज गरिएको छ। टिजरमा अघिल्लो सिरिज ‘जात्रा’का मुख्य कलाकार विपिन कार्की, रबिन्द्रसिँह बानियाँ र रवीन्द्र झा जालमा परेका छन् भने उनीहरुलाई जालमा दयाहाङ राईले पारेका हुन्।

राजधानीको भीडमा लाखेलाई उछिन्दै भागेका मुख्य तीन पात्रहरु विपिन कार्की, रबिन्द्रसिँह बानियाँ र रवीन्द्र झा आत्महत्या गर्ने स्थान खोज्दै गर्दै रानी पोखरी पुग्छन्। तर, त्यहाँ डुबेर मर्नका लागि पानी नभएपछि एक निर्माणाधीन अग्लो बंगलाको छानामा पुगेर आत्महत्याकालागी तीनै जना एकै पटक हाम्फाल्छन्। तर उनीहरु भुईंमा बजारिन नपाउँदै दयाहाङ राईले डोजरमा थापेको जालमा अड्किन्छन। दयाहाङले भन्छन्, “यति चाँडै मर्न दिन्छु म, हिसावकिताव नबुझाई।”

‘जात्रै जात्रा’को टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुँदैगरेको यो फिल्मको प्रदर्शन मिति फागुन १७ गते तोकिएको छ। यो फिल्म ‘जात्रा’को सिक्वेल हुने बताइएको छ। चलचित्र ‘जात्रा’ ५१ औं दिन सफलता मनाएको चलचित्र हो।

SUBSCRIBE 👉