साइँला र साइँली अब ठुलो पर्दामा: पोस्टरमा हेर्नुहोस् साइँलीको ब्युटी


हेमन्त रानाको लोकप्रिय गीत ‘सुन साइँली’को शीर्षकमा निर्माण गरिएको फिल्म ‘साइँली’को पोस्टर सार्बजनिक गरिएको छ। फिल्मका लेखक तथा निर्देशक रामबाबु गुरुङले सामाजिक सञ्जालमार्फत फिल्मको पोष्टर सार्वजनिक गरेका हुन्। यो फिल्ममा दयाह्याङ राई, गौरव पहारी, मेनुका प्रधान, कृपा सिंह लगायतका कलाकारहरुको मूख्य भूमिका छ।

‘सुन साइँली’ बोलको गीत र गीतको भिडियोलाई दर्शकहरुले औधी रुचाएपछि गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर यो फिल्म निर्माण गरेका हुन्। गीतबाट गौरव पहारी र मेनुका प्रधानलाई धेरैले साइँला साइँली नामबाट चिन्ने गर्छन्। जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्म चैत्र १५ गतेबाट नेपालभर प्रदर्शनमा आउनेछ।

Hemanta Rana Music Video ‘Saili’ Makes Tears on Your Eyes

SUBSCRIBE 👉