दुई दर्जन भन्दा बढी कलाकारहरु टुँडिखेलमा


रग्बी वर्ल्ड कप टुर – नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रका २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन्। नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको उक्त कार्यक्रम मङ्सिर २२ गते शनिवार टुँडिखेलमा हुँदैछ। शो कार्यक्रममा वोर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ।

सर्वसाधारणकालागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५,००० भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ। उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुती राख्नेछन्।

कमेडियन नायक सन्दिप क्षेत्री र शुभेक्षा खड्काले संचालन गर्ने कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुनेछ। कार्यक्रम स्थलमा स्टल राख्न चाहनेहरुका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको आयोजकले बताएको छ।

SUBSCRIBE 👉