ग्राहकहरूको लाग्यो लर्को जहाँ बिकिनी गर्लले धुन्छन कार


बिकिनी लगाएका युवतीलाई कार धुन लगाएपछि एउटा कम्पनीलाई नारीवादी समूहले तारो बनाएको छ। अस्ट्रेलियाको किटेन्स कार वाश कम्पनीले बिकिनी युवतीलाई कार र बाइक धुन लगाउने गरेको कारण यो कम्पनी ग्राहकहरूमाझ लोकप्रिय पनि छ। सामाजिक सञ्जालमा कार वाश कम्पनीका फोटाहरू पनि आएका छन्। बिकिनी युवतीहरूले प्रेमपूर्वक कार सफा गरेको देखिन्छ।

कम्पनीले सडकको किनारमा ठूलो पोस्टर राखेर अर्धनग्न महिलासहितको विज्ञापन बनाएको छ। त्यो देखेर ग्राहकहरू कार सफा गराउन आउने गरेका छन्। यो कम्पनीले अर्धनग्न नृत्य क्लब पनि चलाउने गरेको छ।

तर एक नारीवादी समूहले यसको निन्दा गरेको छ। कलेक्टिभ शाउट नामक नारीवादी समूहले यसलाई लिंगभेदी तरिका भनेर आलोचना गरेको हो। उक्त संस्थाका अभियान व्यवस्थापक क्याटलीन रोपरले भनिन्, ‘यस्ता कम्पनीले महिलालाई वस्तुका रूपमा पेश गर्ने गरेका छन्। यस्ता कुरा नहुने संसार हामी हेर्न चाहन्छौं।’

कलेक्टिभ शाउटको आपत्तिपछि किटेन कम्पनीले युवतीहरू आफ्नै मर्जीले बिकिनी लगाएर कार सफा गर्न आएको र उनीहरू बिकिनीमा सुन्दर तथा आत्मविश्वासपूर्ण देखिने जवाफ फर्काएको छ।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.