असार १४ गते मिस्टर नेपाल २०१४ को फाइनल


mr-nepalग्ल्यामर नेपाल, काठमाडौं । एक्सोज नेपाल डटकमले आगामी असार १४ गते राजधानीको आर्मी अफिसर्स क्लबमा ‘मिस्टर नेपाल २०१४’को आयोजना गर्ने भएको छ। प्रतियोगिताकी कोरियोग्राफर चाँदनी लामिछानेका अनुसार विभिन्न जिल्लामा लिइएको अडिसनका आधारमा ३७ जनाले फाइनल प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन्।

आयोजक संस्थाका प्रबन्ध निर्देशक दिनेश शाहीले पटकको प्रतियोगितामा विभिन्न पेशामा अनुभवी, विविध परिवेशका तथा भिन्न क्षेत्रमा अनुभव सँगालीसकेका व्यक्तित्वहरु छनौट भएको बताए। एस.एम.एस. भोटिङ्गद्वारा सर्वाधिक भोट पाउने प्रतियोगिले सिधै उत्कृष्ट १५ मा समावेश गराइने र भ्युअर्स च्वाईस नामक सव टाइटल प्रदान गरिने शाहीले जनाए। यस बाहेक अन्य विधाहरुमा पनि अवार्ड प्रदान गरिनेछ।

आयोजकका अनुसार प्रशिक्षणको दौरान आउटडोर अन्तर्गत प्रतियोगिहरुलाई स्विमिङ, फुटबल, रक क्लाइम्बिङ्ग, समाजसेवा, सर्ट हाइकिङ्गलगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ भने इण्डोर कार्यक्रम अन्तर्गत क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, गु्रमिङ, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तिद्वारा प्रशिक्षण दिइनेछ। प्रशिक्षणको समयमा विभिन्न विधाका सेलिब्रिटिहरुद्वारा आफ्नो अनुभव आदानप्रदान गरिने छ। प्रतियोगितामा प्रविण राना मगर सहकोरियोग्राफरको भूमिकामा छन्।

आउटडोर कार्यक्रम अन्तर्गत हालै प्रतियोगिहरुलाई सानेपास्थित ललितपुर फाइभए साइड इण्डोर फुटसलमा फुटबल खेलाइयो भने बाटल फिल्ड सानेपामा पेन्ट बल मा पनि सहभागि गराइयो। मिस्टर नेपालको प्रतियोगिहरु आउट कार्यक्रम अन्र्तगत ग्यालेक्सी स्विमिङ पुलमा पनि सहभागि गराइनेछ। सेलिब्रिटि क्लास अन्तर्गत नायक अर्जुन कार्की, ताइकाण्डो खेलका अग्रज दिपक विष्ट, संगीतकार तथा गायक चेतन सापकोटा, विन्दास चलचित्रका प्रोड्युसर राजु के.सी. ले आफ्नो अनुभव सुनाएका थिए।

SUBSCRIBE 👉