१२ वर्षपछि सचिन रौनियारको गायनमा कमब्याक


गायक सचिन रौनियारले झन्डै १२ वर्षपछि गायनमा कमब्याक गरेका छन्। ‘ए मान्छे’ बोलको गीतमार्फत उनको कमब्याक भएको हो। राजधानीमा आयोजित एक कार्यक्रममा सचिनले गीतको भिडियो सार्वजनिक गरे। मनोरञ्जन सँगै अनेकतामा एकताको सन्देश गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन् भने यसमा जितेन लेप्चाको संगीत रहेको छ।

म्युजिक भिडियोमा सचिन सँगै उनका समकालीन गायकहरु सञ्जय श्रेष्ठ, वविन प्रधान र भिम तुलाधर पनि देखिएका छन्। सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकतालाई समेत देखाइएको छ। ‘मनमगन’ पछि यसको किसिमको भिडियो निर्देशन गरेको बताउने सुव्रतले निर्माणको क्रममा कुनै सम्झौता नगरेको बताएका छन्। भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफि गरेका हुन्।

सचिन रौनियारको ‘ए मान्छे’ म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सचिनले २०४३ सालमा पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका थिए। उनले १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन्। सर्चसँगै स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन्। छ भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका उनको गीतहरु त्यतिबेला निकै चर्चित थिए। १२ वर्षको अन्तरालमा ‘ए मान्छे’ लिएर आएका सचिनले अब संगीतलाई निरन्तरता दिने बताएका छन्।

SUBSCRIBE 👉