श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ को प्रतियोगितामा छिन्। आइतबार प्रतियोगितामा ‘हेड टु हेड च्यालेञ्ज’ हुँदैछ। यो च्यालेञ्जमा पुग्नको लागि प्रतियोगीले सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिनुपर्ने हुन्छ।
मिस वर्ल्डमा सहभागी भएका एक सय १८ देशका सहभागीलाई विभिन्न समूहमा बाँडेर प्रतियोगिता गरिएको छ। हेड टु हेड च्यालेञ्जमा प्रतिस्पर्धा गर्नको लागि श्रृंखला लगायत अरु प्रतिस्पर्धीलाई प्रश्न सोधिएको छ। मिस नेपाल २०१८ की बिजेता खतिवडासँगै अरु प्रतिस्पर्धीलाई ‘तपाईको देशमा अहिलेको जल्दोबल्दो समस्या के हो? र तपाई यसलाई कसरी समाधान गर्नुहुन्छ?’ भनेर प्रश्न सोधिएको थियो।
मिस नेपाल २०१८ शृङ्खला खतिवडाले मिस वर्ल्डकालागी बनाईन एस्तो आकर्षक भिडियो
यो प्रश्नमा श्रृंखलाले भनेकी छन्, ‘हाम्रो देशको जल्दोबल्दो समस्या भनेको बेरोजगारी हो, धेरै युवाहरु रोजगारीको अवसरको लागि बिदेश जान्छन्। मलाई लाग्छ, पर्यटनको माध्यमबाट देशमा रोजगारी सिर्जना गर्न सकिन्छ। पर्यटन हाम्रो देशको शक्ति हो। मलाई विश्वसामु नेपाललाई बिविध सँस्कृति, धर्म, जनजाति भएको देशको रुपमा चिनाउन मन छ। नेपाली पर्व मनाउन मन पराउन्, रमाउन मन पराउछन्। मलाई विश्वभरका मानिसलाई नेपालमा गर्भसहितको मुस्कानले स्वागत गर्न मन छ।’