सेलिब्रेटी टूर: बन्जी जम्प देखि को को डराए? [भिडियो]


आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने भन्दै फिल्म तथा रियालिटी शो का सेलिब्रेटीहरु ‘सेलिब्रेटी टूर’मा निस्किएका छन्। पहिलो सिजनको रुपमा उनीहरुले बन्जी जम्प गरेका छन्। सिन्धुपाल्चोकमा रहेको ‘द लास्ट रिसोर्ट’भोटे कोशीमा उनीहरुले पहिलो सिजन छायांकन नै गरेका थिए। सिजनमा पूजा शर्मा, आकाश श्रेष्ठ, नरेन खड्का, मरिश्का पोख्रेल, सागर आले, सन्ध्या जोशी सहित मोडल सुप्रिया कटवाल, पहिलो हिमालयन रोडीजका समन श्रेष्ठ लगायत सहभागी थिए।

सेलिब्रेटी टूरको क्रममा पुजा शर्मा तथा आकाश श्रेष्ठको बन्जी जम्प रोचक छ। पूजाले बन्जी जम्प सहजै गरे पनि अभिनेता आकाश श्रेष्ठ भने जम्प गर्नुअघि डराएका थिए। यही बेला पूजाले आकाशलार्इ आफूले जीवनभर साथ नछोड्ने भन्दै कसम खाएपछि मात्रै उनले बन्जी गरेका थिए। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉