पाईरेसीको मारमा रजनीकान्तको 2.0, अनलाईनमा फुल एचडी प्रिन्ट

रजनीकान्तको ‘2.0’ फिल्म फुल एचडी प्रिन्टमा तामिल रकर्सले आफ्नो पाइरेसी वेभसाइटमा राखेको छ। एसअघि पनि तामिल रकर्सले ‘ठग्स अफ हिन्दुस्तान’, ‘सुई धागा’, ‘अन्धाधुन’ र ‘नोटा’ जस्ता फिल्म लिक गरेको थियो।


रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘2.0’ बिहीबार रिलिज भयो तर रिलिज भएको केहि समय नबित्दै तामिल रकर्स वेबसाईटले फिल्म अनलाइनमा लिक गरिदिएको छ। फिल्म फुल एचडी प्रिन्टमा तामिल रकर्सले आफ्नो पाइरेसी वेभसाइटमा राखेको छ।

रजनीकान्तको 2.0 फुल एचडी ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्मलाई पाइरेसीबाट बचाउनका लागि मद्रास उच्च अदालतले ३७ इन्टरनेट सेवा प्रदायकका करिब १२ हजार वेबसाइट ब्लक गर्न आदेश दिएको छ। फिल्म युनिटले यो विषयमा पुष्टि नगरे पनि निर्माण पक्षका लागि भने तनावको विषय बनेको छ। एसअघि पनि तामिल रकर्सले ‘ठग्स अफ हिन्दुस्तान’, ‘सुई धागा’, ‘अन्धाधुन’ र ‘नोटा’ जस्ता फिल्म लिक गरेको थियो।

रजनीकान्त र यमी ज्याक्सनको रोमान्टिक गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

रजनीकान्तको फिल्मले रिलिज अघि नै आफ्नो लगानीको करिब ८० प्रतिशत पैसा कमाइसकेको छ। यो फिल्मको संगीत र प्राविधिक अधिकार सँगै तमिलको प्रि बुकिङबाट कुल ४ सय ९० करोड कमाई गरिसकेको छ। ६ सय करोडमा बनेको यो फिल्मले रिलिज अघि नै ५ सय करोड कमाई गरिसकेको छ।

SUBSCRIBE 👉