मिस वर्ल्डको फाइनलमा श्रृंखला खतिवडा | नेपाललाई मल्टिमिडिया अवार्ड


मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी मिस नेपाल श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै मिस वर्ल्डको अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाएकी छिन्। मल्टिमिडिया अवार्डका लागि नेपाल सहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए। त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनलिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए।

मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्ट मध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्। यससँगै श्रृंखला आधिकारिक रुपमा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन्।

याे घाेषणापछि मिस वर्ल्डकाे अाधिकारिक फेसबुक पेजमा नेपाल तथा श्रृंखलालार्इ विश्वभरबाट बधाइकाे अाेइराे लागेकाे छ।