प्रदीपको आइफोन फिल्म पोर्चुगलमा भिड्दै


timilsina-son-photoग्ल्यामर नेपाल, काठमाडौं । पोर्चुगलमा हुन लागेको ‘ओरिजिनल आइफोन फिल्म फेस्टिबल’मा नेपाली युवाद्वारा निर्मित डकुमेन्ट्री फिल्म छनौंटमा परेको छ। प्रदीप तिमिल्सिनाले निर्देशनमा आइफोनद्वारा खिचिएको ‘माई होम अवे फ्रम होम’ नामक डकुमेन्ट्री फेस्टिबलका लागि छनौंट भएको हो।

अस्ट्रेलिया आइपुगेको एक बालकले आफ्नो प्यारो हजुर आमा अपांग हुँदाको संवेदना र उसको प्रतिक्रियालाई डकुमेन्ट्रीले प्रस्तुत गरेको छ। उक्त डकुमेन्ट्री आइफोन ३ र ५ बाट छायांकन गरेर आइफोन ५ बाट सम्पादन गरेर सोही फोनबाटै युट्युबमा अपलोड गरिएको हो। निर्देशक तिमिल्सिनाका अनुसार अप्रिल १ देखि नोभेम्बर ३० सम्म आइफोन, आइप्याड, आइप्याड टचबाट खिचिएका फिल्महरु फेस्टिबलका लागि जुरीबाट छनौंट गरिएको हो। फेस्टिबलमा कथा, डकुमेन्ट्री र म्युजिक भिडियो गरी तिन विधाका फिल्महरु सहभागी हुनेछन्।

तिमिल्सिनाको भिडियोलाई भोटिङमा गर्न यो लिंक मा जनुहोश http://super9mobile.com/index.php?movie=59

फेस्टिबलको आधिकारिक वेभसाइटमा राखिएको तिमिल्सिनाको भिडियो अनलाइन भोटिङमार्फत पुरस्कृत हुने भएकाले सबैलाई आफ्नो पक्षमा भोट गर्न आग्रह गरेका छन्।

‘माई होम अवे फ्रम होम’ – भिडियो हेर्नुहोस

SUBSCRIBE 👉