विवेश श्रेष्ठ बने प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९


Bibesh Shrestha Awarded as PROstyle Manhunt International Nepal 2019

१५ जना युवाहरुवीचको बौद्धिकता, व्यक्तित्व र आत्मविश्वासको भिडन्तमा विवेश श्रेष्ठले बाजी मार्न सफल भएसंगै उनी प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१९को उपाधिको हकदार बनेका छन्। आफ्ना १४ जना प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल प्रमाणित गर्न सफल विवेशले मिष्टर फिजिकको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाए।

विवेशले उपाधि विजेताका रुपमा नगद पुरस्कार रु. एक लाख तथा इटालिका मोटोका तर्फबाट बाइक पुरस्कारका रुपमा प्राप्त गरे। यस बाहेक म्यानहन्ट विजेता बनेका विवेशले आगामी जून महिनामा अष्ट्रेलियाको सिड्नीमा ग्ल्याम नेपाल इन्टरनेसनलले संचालन गर्न ग्ल्याम नेपाल फेसन वीकमा अवसर प्राप्त गर्नेछन्।

कान्तिपुर टि.भि. मार्फत् प्रत्यक्ष प्रशारण भएको सो प्रतियोगिताको अन्तिम पाँचमा पर्न सफल प्रशान्त जंग शाह मिष्टर इन्टरनेसनल नेपाल २०१९ का रुपमा पुरस्कृत भए भने आर्यन सिटौला मिष्टर ग्लोबल नेपाल २०१९ का रुपमा घोषित भएका थिए। प्रशान्त र आर्यनले क्रमशः नगद पुरस्कार रु पचास हजार तथा रु पच्चीस हजार प्राप्त गरेका थिए। विवेश, प्रशान्त र आर्यन तीनै जनाले आ-आफूले जितेको उपाधिको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

Bibesh Shrestha Awarded as PROstyle Manhunt International Nepal 2019

गैह्रीधारास्थित एलिस रिसेप्सनमा ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इको ब्यानरमा प्रस्तुत भएको सो प्रतियोगिता अन्तर्गत रवि चन्दले मिष्टर पपुलर तथा मिष्टर वेष्ट हेयरको अवार्ड हात पार्न सफल भए भने प्रतियोगितामा समीर प्रधान गुरुङ मिष्टर फ्रेन्डशीप अवार्डका हकदार बने।

यसैगरी प्रतियोगिताले सन्जय चन्दलाई मिष्टर ट्यालेन्ट, अनिश महर्जनलाई मिष्टर पर्सनालिटी तथा अश्मित दाहाललाई मिष्टर फोटोजेनिकका रुपमा चयन गरेको थियो । प्रतियोगिता अनुप सक्सेनाको कोरियोग्राफी तथा पूर्व म्यानहन्ट विजेता सनिश शाक्य सह कोरियोग्राफीमा संचालन भएको थियो।

SUBSCRIBE 👉