मर्दानीमा रानीको नयाँ अवतार


rani

बलिउडकी सुन्दरी नायिका रानी मुखर्जीको आउन लागेको फिल्म ‘मर्दानी’मा उनलाई भिन्न अवतारमा दर्शकले हेर्न पाउने भएका छन्। मंगलबार सार्वजनिक भएको फिल्मको ट्रेलरमा रानीलाई पुलिस अधिकारीको भूमिकामा देख्न सकिन्छ। यशराज फिल्मस्को व्यानरमा रानीका पति आदित्यले निर्माण गरेको फिल्मका निर्देशक प्रदीप सरकार हुन्। फिल्म अगष्ट २२ मा रिलिज हुँदैछ।

फिल्ममा रानी मुम्बई क्राइम ब्राञ्चमा काम गर्ने एक इमान्दार पुलिस अफिसर रहेकी छन्। उनी न खतरासँग डराउँछिन् न त मुस्किलदेखि आत्तिन्छिन् नै। फिल्ममा उनको एक्सन दृश्य राखिएको छ। उनले हालसम्म अभिनय गरेका फिल्ममध्ये सबैभन्दा बढी एक्सन भएको फिल्म सम्भवत यही नै हो।

यो फिल्मले चाइल्ड सेक्स ट्राफिकिङको विषयलाई उठान गरेको छ। फिल्ममा भारतमा हरेक वर्ष करिब ४० हजार बालबालिकाहरु अपहरण भइरहेको देखाएको छ। भारतमा हरेक ८ मिनेटमा एक युवती वेपत्ता हुने र त्यसका विरुद्ध रानीले आवाज उठाएको फिल्मको ट्रेलरमा प्रस्तुत गरिएको छ।

mardaani

SUBSCRIBE 👉