ड्रेस टु इम्प्रेस : आई.आई.एफ.टी.का ६५ फेशन डिजाइनरहरुको प्रतिस्पर्धा


बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा डिजाइनिङ कोर्ष गरिरहेका ६५ विद्यार्थीहरु बीच प्रतिस्पर्धा हुँदैछ। ‘ड्रेस टु इम्प्रेस’ टाईटल राखीएको यो प्रतिस्पर्धामा ६ महिनाभन्दा बढी फेशन डिजाईनिङ्ग कोर्ष गरेका डिजाइनर विद्यार्थीहरु छन्। बैशाख १० गते राजधानीमा हुने अन्तिम प्रतिस्पर्धाकालागि यतिबेला विद्यार्थीहरु आफुलाई तयार पार्न जुटेका छन्।

‘ड्रेस टु इम्प्रेस’ फेशन डीजाईनरहरुको प्रतिस्पर्धाको रमाईलो पक्ष के छ भने – यो प्रतिस्पर्धामा आफुले तयार पारेका आकर्षक तथा कलात्मक पहिरनमा फेशन डिजाईनरहरु नै रनवेमा देखिनेछन्।

यसैबीच ‘ड्रेस टु इम्प्रेस’को ‘प्रि–जजिङ’ राउण्ड सम्पन्न भएको छ। कार्यक्रममा प्रतिस्पर्धी डिजाइनरहरुले आफूले तयार गरेका क्रियटिभ पहिरनहरु प्रस्तुत गरेका थिए। जसका लागि निर्णायकमा चर्चित फेसन डिजाइनर मनिष राई, शैक्षिक निर्देशक राजु सुवाल, कोरियोग्राफर रोजिन शाक्य रहेका थिए। उनीहरुले विद्यार्थीहरुले तयार पारेका पहिरनको जजिङ गरेका थिए। अन्तिम प्रतिष्पर्धाका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक तथा आईआईएफटीका निर्देशक तथा फुपू तेन्जिङ शेर्पाले जानकारी दिएका छन्।

SUBSCRIBE 👉