प्रोड्युसरको श्वेतासँग पश्चात्ताप


sweta-bhattarai पोखरामा भर्खर नाच्न सिक्दै गर्दा विकास आचार्यले चलचित्र ‘रिदम’मा हिरोइन बनाएका हुन्, श्वेता भट्टराईलाई। ‘रिदम’ हिट भयो तर श्वेताको कुनै प्रशंसा भएन। दोस्रो फिल्म ब्ल्याकमेल आयो, गयो कसैले पत्तो पाएनन्। तैपनि, तेस्रो फिल्म प्रोड्युसरमा काम पाइन्। उसो त निर्देशक जनकदीपले उनको अभिनय कौशलभन्दा ज्यान देखेर फिल्ममा लिएका थिए। क्लाइमेक्समा केही एक्सन दृश्य भएकाले जनकदीप अलि मोटी हिरोइनको खोजीमा थिए, त्यही बेला श्वेता उनको आँखामा परिन। प्रमोसनमा पनि निकै खट्ने वचन दिएपछि अनुबन्ध भइन्। जसोतसो सुटिङ् सकियो तर प्रमोसनमा उनको अत्तोपत्तो छैन। उनी पोखरातिरै फर्किएको हल्ला छ। यसरी श्वेताबाट काम र प्रमोसन दुवै सोचेजस्तो नभएपछि प्रोड्युसर फिल्म युनिट पश्चत्ताप गररिहेको छ।  – नेपाल साप्ताहिक 

SUBSCRIBE 👉