काम पर्दा मात्र फोन गर्ने हिरोइनसँग अराजको दुखेसो


“आफूले नै डेब्यु गराएको हिरोइनले अलि बढि ‘भाउ’ दियोस् भन्ने चाह कुन निर्देशकलाई नहोला र ?”

araj-keshav-and-aayusha-raiमोडलिङमा जम्दै गरेकी आयुषा राईलाई फिल्ममा डेब्युको मौका दिएका हुन्, निर्देशक अराज केशवले। अराजको पहिलो सोलो निर्देशन रहेको फिल्म ‘बिर्खेलाई चिन्छस्’मा आयुषा लिड रोलमा देखिएकी छिन्। आफूले नै डेब्यु गराएको हिरोइनले अलि बढि ‘भाउ’ दियोस् भन्ने चाह कुन निर्देशकलाई नहोला र ? अराजको चाह पनि योभन्दा फरक थिएन तर आयुषाबाट यस्तो व्यवहार नपाएपछि चित्त दुखाएका छन्।

कान्तिपुर साप्ताहिकसँगको कुराकानीमा अराजले काम भए मात्र फोन गर्ने भन्दै दुखेसो पोखेका हुन्। ‘हुन त काम भए मात्र फोन गर्ने राम्रो बानी हो, तर कहिलेकाहीं काम नभए पनि हाई–हेल्लो गर्न पनि फोन गर्दिनन्।’ यसका साथै उनले क्यामेरा देख्ने साथ जति बेला पनि पोज दिने र सुटिङ सेटमा काम सकियो कि टाप भाग्ने भन्दै आयुषाको कुरा काटेका छन्। यद्यपी मुस्कुराई रहने बानी र कामप्रति गम्भीर हुने आयुषाको स्वभावको प्रसंशा गरेका छन्।
आयुषासहित सुवास थापाको मुख्य भूमिका रहेको ‘बिर्खेलाई चिन्छस्’ भदौ २० मा रिलिज हुँदैछ। फिल्ममा सुवासकै लगानी रहेको छ।

SUBSCRIBE 👉