मोडल निभा अधिकारीको आकर्षक तस्विरहरु

Nibha Adhikari / Image: Mahesh Pradhan / Source: Kantipur Saptahik

पछिल्ला दुई वर्षदेखि मोडलिङमा सक्रिय छिन् – निभा अधिकारी। काठमाडौंमै जन्मिएर यतै हुर्किएकी निशाले यो अवधिमा झन्डै एक दर्जन टिभि विज्ञापनहरुमा अभिनय गरिसकेकी छिन्। अधिकारीले आधा दर्जन म्युजिक भिडियोमा समेत अभिनय प्रतिभा प्रस्तुत गरिसकेकी छिन्। ५ फिट ४ इन्च अग्ली निभाको अबको योजना चलचित्रमा डेब्यु गर्ने हो। ‘केही चलचित्रबाट प्रस्तावसमेत आइरहेका छन्,’ २१ वर्षीया निभा भन्छिन् ‘नारी प्रधान चलचित्रबाट डेब्यु गर्ने रहर छ, हेरौं मेरो रहर कहिले पूरा हुन्छ ?’

सोसल वर्कमा स्नातक निशा भविष्यमा समाजसेवामा सक्रिय हुने योजना बनाउँदैछिन्। फुर्सदमा गीत गाउन तथा नृत्य गर्न रुचाउने निभा कभर गीतसमेत गाइरहन्छिन्। उनले गाएका केही कभर गीत फेसबुक तथा युट्युबमा अपलोड गरिएका छन्। साथीभाइ तथा परिवारका सदस्यहरूसँग काठमाडौंका लाउञ्जहरूमा पुग्दास्टेजमा उक्लिएर गीत गाएको अनुभव पनि उनीसँग छ। ‘गायन मेरो रुचिको विषय हो, निभा भन्छिन् – ‘तर मेरो प्यासन भने अभिनयमै छ।’

फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

कान्तिपुर साप्ताहिक बाट
कृष्ण भट्टराई
तस्बिर : महेश प्रधान
लोकेसन : रोयल एम्पायर होटल, गैरीधारा, नक्साल, काठमाडौं
मेकअप : ममता शाही
पहिरन : ग्रेस नेपाल, भाटभटेनी, नक्साल

SUBSCRIBE 👉