कृपा गृहमा वृद्धासँग अञ्जुले मनाईन जन्मदिन


anju-panta-birthday-celebration (7)

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली सुगम संगीतकी चर्चित गायिका अञ्जु पन्तले आफ्नो जन्मदिनको अवसरमा ललितपुरको कुमारीपाटीस्थित कृपा गृहमा रहेका वृद्धा तथा बालबालिकाहरु संग आफ्नो जन्म दिन मनाएकी छिन। जन्म दिनको अवसर पारेर उनले सो गृहमा रहेका वृद्धा तथा बालबालिकाहरुलाई लत्ता कपडा पनि उपहार दिएकी छन्।

अञ्जु असार १० मा जन्मिए पनि उक्त दिन अष्ट्रेलिया र कुवेतको सांगीतिक कार्यक्रममा व्यस्त भएकाले उक्त दिन उनले जन्मदिन मनाउन पाएकी थिईनन् । गत शनिवार उनले वृद्धा तथा बालबालिकाहरुलाई कपडा मात्र वितरण गरिनन्, जन्मदिनको केक काटेर खाना समेत खुवाईन्। उक्त गृहमा १०९ वर्षीया ज्ञानी महर्जनसहित ९ वृद्धा र १० बालबालिका आश्रित छन्। अञ्जुका अनुसार उनले वृद्धा तथा बालबालिकाका लागि कृपा गृहमै एक महिनाको लागि खानाको सहयोग गरेकी छन्।

अञ्जु जन्मदिन मनाउनकालागि आमा र छोरीसहित पुगेकी थिईन्। जन्मदिनमा आफ्नो खासै केही योजना नरहेको बताउँदै उनले आगामी अक्टोबरमा हङकङमा रहेको सहारा क्लबलाई एक लाख रुपैंयाँ सहयोग गर्ने जनाईन्।

कृपा गृहमा वृद्धासँग अञ्जुले मनाईन जन्मदिन – फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस

गायीका अन्जु पन्तका चर्चित म्युजिक भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉