मधु भट्टराईसँग राजेश हमालको लकडाउन लाइफ [फोटो फिचर]


३० वर्षअघि वैशाखमा राजेश हमालको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ छायांकन थालिएको थियो। त्यस हिसावले हमालको करिअरले यसै महिनादेखि तीन दशक पूरा गर्यो। तीन दशकमा तीन सयभन्दा धेरै सिनेमामा अभिनय गरिसकेका यी अभिनेता यतिखेर भने करिअरको ३१ औं वर्ष प्रवेश सेलिब्रेसन गर्ने परिस्थितिमा छैनन्। उनी घरभित्रै लकडाउन लाइफमा छन्।

उनी श्रीमती मधु भट्टराईसंगै घरभित्रै छन्। इन्स्टाग्राम र फेसबुकमा उनले घरभित्रका गतिविधिको तस्बिर र भिडियोहरू सेयर गरिरहेका छन्। करेसाबारीमा काम गर्ने, फूलहरू गोडमेल गर्ने, गीतहरू गाउने गरेर घरबन्दी जीवनलाई सिर्जनशील बनाएको उनी बताउछन्। लकडाउनअघि नै हात परेका सिनेमाका स्क्रिप्टहरू पढ्नमा पनि उनको समय बित्ने गरेको छ। ‘जीवनमा मैले कमाएको सबैभन्दा ठूलो सम्पत्ति र ऊर्जा भनेकै लाखौं दर्शक र शुभेच्छुकहरू हुनुहुन्छ,’ हमाल भन्छन्, ‘उहाहरूको साथले सधैं सकारात्मक ऊर्जा मिलिरहेको छ।’

पछिल्ला दिनमा पर्दामा कमै देखिए पनि सिनेमा क्षेत्रबाट टाढा हुनेबारे आफूले कहिल्यै नसोचेको हमाल बताउछन्। अहिलेको अवधिलाई उनले ‘केही क्षणको ब्रेक’ भन्न रुचाउछन्। भन्छन्, ‘कलाकारिताबाटै मैले सबै कुरा पाएको छु, यो छोड्ने कुरा भएन। कुरा यत्ति हो, परिवर्तित परिस्थितिमा अलिकति फरक तरिकाले कसरी आउने भन्ने होमवर्कमा छु, छिट्टै चलचित्रमा फर्किनेछु।’

# कान्तिपुर साप्ताहिक बाट । शब्द: रामजी ज्ञवाली । तस्बिरहरु: महेश प्रधान


राजेश र मधुलाई ‘पहिलो भेट’को सम्झना कसले गरायो ?

SUBSCRIBE 👉