नीतालाई अवार्डमा ब्याडलक नै ब्याडलक !


Neeta-Dhungana-National-Film-Award-2070-1

ग्ल्यामर नेपाल, काठमाडौं । सोमबार राष्ट्रपति डाक्टर रामवरण यादवबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड लिइरहदा नीता ढुंगानाको मुहारमा जति चमक देखिएको थियो, त्यो केही बेर पनि टिक्न सकेन्। उनले पाएको अवार्डको चौतर्फी विरोध भयो। नहोस् पनि कसरी, जबकी उनले जुन फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन्, त्यो फिल्ममा उनको भूमिका सहायक मात्र थियो।

२०६७ सालमा रिलिज भएको मसान फिल्मको लिड रोलमा केकी अधिकारी थिइन् तर अवार्डले नीताले फुत्काइन्। लिड हिरोइनलाई छोडेर सहायक हिरोइनले अवार्ड पाउनु आफैंमा हास्यास्पद र लाजमर्दो विषय हो तर नीतालाई यो कुरा हेक्कै भएन वा भएर पनि लाज पचाएर लिएकी हुन्, उनी आफैं जानुन् तर रमाइलो कुरा के हो भने नीताले पाएको अवार्ड विवादमा परेको यो नै पहिलो घटना भने होइन्। अघिल्लो वर्षको साउनमा बाँडिएको एनएफडिसी अवार्डमा पनि नीताले आलोचना सहनु परेको थियो।

neeta-dhungana-nfdc-national-film-award
आयोजक संस्था एनएफडिसीका प्रमुख उद्धव पौडेल र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताबीच वाकयुद्ध चलेका कारण रेखा थापालाई दिने निधो भइसकेको उत्कृष्ट अभिनेत्रीको अवार्ड अन्तिम समयमा नीताको पोल्टामा परेको थियो। अवार्ड हुने दिन बिहानै पौडेलले नीतालाई फोन गरेर ‘बेस्ट अभिनेत्रीको अवार्ड तिमीलाई दिन लागिएको छ, राम्री बनेर आउनु है’ भनेको खबर मिडियामा सार्वजनिक भएको थियो। जसका कारण अवार्डको पाएको जश्न नीताले मनाउनै पाएकी थिइनन्। यसपाली पनि त्यस्तै हुने भएको छ। विचरी नीता !

SUBSCRIBE 👉