बिर्खेलाई चिनाउन आउँदै बिर्खे सुवास (भिडियो)


Birkhelai-Chinchas (2)

ग्ल्यामर नेपाल, काठमाडौं । साधारण जीवन बाँच्न चाहनेहरुलाई समर्पण भनिएको फिल्म ‘बिर्खेलाई चिन्छस्’को अफिसियल टिजर र शीर्ष गीत सार्वजनिक गरिएको छ। डीएण्डडी मुभिजको व्यानरमा सुवास थापाले निर्माण गरेको फिल्मका निर्देशक अराज केशव गिरी हुन्। अन्य फिल्ममा नायकको भूमिका निर्वाह गर्दै आएका सुवास पहिलोपटक यसै फिल्ममार्फत निर्माताका रुपमा पनि आएका छन्। धेरै फिल्ममा सहायक निर्देशकको अनुभव संगालेका अराजको पनि यो डेब्यु निर्देशनको फिल्म हो।

फिल्मबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गिरीले आम मानिसमा असाधारण चाहना, जोश, इच्छा, जाँगर, धैर्य भए पनि त्यो कुराको मूल्य नहुँदा मानिसमा आउने समस्यालाई फिल्मले प्रस्तुत गरेको बताए। ‘तर त्यही आफ्नो असाधारणताको मूल्य चिनाएर आफुमा गर्व गर्न सक्छौं भन्ने कुरा फिल्मले प्रस्तुत गरेको छ।’ उनले भने।

निर्माता तथा नायक सुवासले फिल्म फरक धारको नबनाए पनि केही नयाँपन भने आफुले अवश्य दिएको दाबी गरे। उनले फिल्ममा बिर्खेको भूमिकामा अभिनय गरेका छन्। फिल्मका लेखक जगदीश्वर थापाले फिल्मले समाजमा लुकेको पात्रलाई बाहिर ल्याउने बताए। फिल्ममा सुवास थापा, आयुशा राई, बिनिता खड्का, सुरेश उप्रेती, बालदीप राई, सुरवीर पण्डित, शिशिर राणा, निर्मल शर्मा, लुनिभा तुलाधर, शिशिर भण्डारी, राजेश नाथ, प्रमिश गुरुङ, अनन्य, असिम, लक्ष्मी, शशी बी थापा र गोकुलको अभिनय रहेको छ। गोविन्द राई, गम्भीर विष्टको नृत्य, मोहित मुनालको संगीत, एनबी महर्जनको द्वन्द्व रहेको फिल्ममा निरज कँडेल र रामशरण उप्रेतीको छायांकन रहेको छ।

CLICK HERE TO VIEW SUBASH THAPA AND AAYUSHA RAI PHOTO GALLERY

birkhelai-chincha-trailer-image

SUBSCRIBE 👉