अभय ढुङ्गेल र रेश्मा सुनुवारको “मार्यो मार्यो…”


नेपाली लोक गीतको बजारमा संधै नयाँ-नयाँ लोक खुराक दीईरहन माहिर मानिएका गायक अभय ढुंगेलले पछिल्लो समय फरक स्वादको गीत आफ्ना दर्शक श्रोता माझ प्रस्तुत गरेका छन्। अमेरिका बसाइको क्रममा समय समयमा आफ्ना सिर्जना सार्वजनिक गर्ने गरेका गीतकार,संगीतकार,गायक अभय ढुंगेलले गीति लेखनको निरन्तरतामा अर्को नयाँ प्रयास स्वरूपको गीत “मार्यो-मार्यो” सार्वजनिक गरेका हुन्। कोरोना महामारीले गर्दा मानिसहरु थुनिनु परेको अवस्थामा गीतकार ढुंगेलले, शब्द सिर्जनामार्फत आफूलाई सक्रिय बनाएका हुन्।

आर्टिस्ट नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको नयाँ गीत “मार्यो-मार्यो” फरक स्वाद रहेको र आम दर्शक श्रोताले मन पराउने कुरामा गायक अभय ढुंगेल ढुक्क छन्। शंकर बिसिको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा शंकरको साथमा कबिता न्यौपाने फिचर्ड छन्।

गायक ढुंगेल कै शब्द तथा संगीत रहेको यो गीतमा गायिका रेश्मा सुनुवारले साथ दिएकी छिन्। बाबु प्रधानको संगीत संयोजन रहेको गीत मिक्सिङको कार्य भने महेश्वरमान राजभण्डारीले गरेका हुन्।

SUBSCRIBE 👉