ड्रेस टु इम्प्रेस–४: ‘उत्कृष्ट डिजाइनर’ बन्न १६८ जनाको प्रतिस्पर्धा


१६८ जना डिजाइनरहरु एक-साथ रनवेमा उत्रँदैछन्। माघ ८ गते काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)ले उनीहरुलाई स्टेजमा उतार्न लागेको हो।

आईआईएफटीले विगत चार वर्षयता हरेक वर्ष आफ्ना डिजाइनरका विद्यार्थी (६ महिने कोर्ष पूरा गरेका)लाई समेटेर ‘ड्रेस टु इम्प्रेस’ नामक फेसन शो गर्दै आएको छ। डिजाइनरहरु स्वंय आफ्नो सिर्जनामा स्टेजमा उत्रँने यस फेसन शोको तेस्रो सिजनका लागि यतिखेर १६८ जना डिजाइनरहरु तम्तयार गरिरहेका छन्।

आयोजक संस्था अर्थात आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस–४’ मा अहिलेसम्मकै सबैभन्दा धेरै डिजाइनरहरु प्रतिस्पर्धा गर्न लागेको हुन्। मोडलिङ र डिजाइनिङको कम्बिनेशन हुने भएकाले प्रतिस्पर्धीलाई अहिले क्याटवाकलगायत मोडलिङबारे समेत प्रशिक्षण लिइरहेका छन्।

‘ड्रेस टु इम्प्रेस’ नाम जस्तै एक शसक्त डिजाइनररुको प्रतियोगिता हो। जसमा प्रतियोगीहरुलाई आफ्नो सिर्जनामार्फत दर्शक तथा जर्जमेन्टहरुलाई इम्प्रेस गर्नु त छँदैछ, त्यसमाथि मोडलका रुपमा स्यंम स्टेजमा उत्रेर इम्प्रेस गर्नु उनीहरुलाई अर्को चुनौती पनि छ। आईआईएफटीका निर्देशक शेर्पा भन्छन्, ‘यो विशुद्ध डिजाइनरहरुको प्रतिपस्र्धा हो, तर, जसमा मोडलिङ पनि जोडिएको छ। त्यसैले पनि यस शोमा सहभागी हुने प्रतिस्पर्धीहरुलाई दोहोरो चुनौती छ।’

यसअघि ‘ड्रेस टु इम्प्रेस’मा तिन जनाले उपाधि जितिसकेका छन्। सिजन–१ मा सोनी श्रेष्ठ, सिजन–२ मा महेश्वरीनाथ योगी र ३ मा क्यूटी शाक्यले उत्कृष्ट डिजाइनरको उपाधि जितेका थिए। त्यस्तै, यसपटक कसले ‘उत्कृष्ट डिजाइनर’ उपाधि हात पार्छन् भन्ने कौतुहलता बढेको छ।

पछिल्लो समय फेसनप्रति चासो लिने र फेसन डिजाइनर बन्न चाहनेका बीच आईआईएफटी फेसन इन्टिच्युट लोकप्रिय छ। काठमाडौँ बागबजार र ललितपुर कुमारी पाटीमा रहेको यो इन्टिच्युटबाट छोटो समयमै फेसन डिजाइनर बनेका छन्।

SUBSCRIBE 👉