नयाँ भर्सनमा धिरज राईको लोकप्रिय गीत ‘लुकीलुकी’


गायक धिरज राईको लोकप्रिय गीत ‘लुकीलुकी’ नयाँ भर्सनमा रिलिज भएको छ। २५ वर्षअघि धिरजले आफ्नै शब्द तथा संगीतमा रेकर्ड गरेको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ। भिडियोका निर्माता दिनेश दर्शनधारी र यशोदा राई हुन्। भिडियो ट्री इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा आँचल शर्मा, डेभिल्स दर्शनधारी र राज रोयल फिचर्ड छन्। माइकल चन्द निर्देशित भिडियोलाई उत्सव दाहालको खिचेका हुन्। सिशन लम्सालको सम्पादन र रंग संयोजन तथा माइकल स्टेप—अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी छ।

SUBSCRIBE 👉