म्युजिक भिडियोमा मेरी बास्सैकी निर्मली


ग्ल्यामर नेपाल, काठमाडौं। नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’की चर्चित कलाकार निरु खड्का ‘निर्मली’ अब म्युजिक भिडियोमा देखिने भएकी छिन्। टेलिश्रृंखलामा ‘ठ्यास कुमारी’को नामबाट समेत परिचित निरु अशोककुमार प्यासी राईको एल्बम ‘माफी’मा रहेको ‘रातो भाले’ बोलको गीतको भिडियोमा देखिन लागेकी हुन्।

गणेश ईशाराद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा निर्मलीसँगै अर्का कलाकार रोशन मगर पनि देखिएका। निर्देशक गणेशका अनुसार गीत पूर्ण कमेडी फ्लेबरमा रहेको छ। काठमाडौंको गोकर्ण वरपर छायांकन गरिएको भिडियोका छाँयाकार नविन गुरुङ हुन् भने भिडियोलाई दीपक विष्टले सम्पादन गर्नेछन्।

SUBSCRIBE 👉