गायिका मेलिना राईले तोडिन् सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट


गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय लिएकी छिन्। आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमा सेयर गरेकी छन्। संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन्।

गत वैशाख २ गते सञ्जीव र मेलिनाले आफूहरुले इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेका थिए। एरेन्जर तथा गिटारिस्ट समेत रहेका सञ्जीवसँग मेलिनाको दुई वर्षअघि नै इन्गेजमेन्ट भएकाे थियो र उनीहरुले यसै वर्ष विवाह गर्ने योजना समेत बनाएका थिए। झापा घर भएका सञ्जिव काठमाडौं बसेर लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् भने गायिका मेलिनाको घर मोरङ हो।

SUBSCRIBE 👉