अस्ट्रेलियामा आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर


११ बर्ष अगाडी “आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर” गीत गाएर चर्चामा आएका धरानका गायक प्रदेश लिम्बु दशैँमा अस्ट्रेलियाको सिड्नी र ग्रानभिले शहरमा कार्यक्रम गरि फर्कीसकेका छन्। गत् असोज १३ र १४ गते ग्रानभिल नेपाली समाजको आयोजनामा ग्रानभिलेको हिमालयन प्यालेसमा दशैं तिहार साँझ र नेपहप इभेन्ट्सको आयोजनामा सिड्नीको क्लब योर्क सिड्नीमा आयोजित रमाइलो नाइट लगायतका कार्यक्रममा आफ्नो चर्चित गीत आगे आगे तोपैको गोला, रिङ्ग रिङ्ग जाडो लाग्यो , पसले साहुनी लगायतका आफ्ना चर्चित तथा नयाँ गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए। उनीसंगै अर्का चर्चित गायक रुपक डोटेलले सानुमाया, बनकी चरी उडी लगायतका गीतहरु गाएका थिए।

सिड्नीमा आयोजित रमाइलो नाइटमा चर्चित जनवादी गायक जेबी टुहुरेकी श्रीमती सतीदेबी खड्गीलाई सम्मानित गरिएको थियो। ११ बर्ष अगाडी थलो एल्बम निकालेर नेपाली संगीत क्षेत्रमा पाइला बढाएका प्रदेशले सोहि एल्बमको “आगे आगे तोपैको गोला” गीतले राम्रै चर्चा कमाएका थिए। उनि केही बर्ष सांगीतिक कार्यक्रम तथा सांगीतिक गतिविधिहरुमा ब्यस्त भएपनि आफ्नो घरायसी कामले संगीतमा समय दिन छाडेका थिए। घरायसी कामबाट अहिले भने केहि फुर्सद निकालेर हल्का रुपमा संगीत क्षेत्रलाई पनि समय दिने गरी उनि अहिले सक्रिय हुदैछन।

गत भदौमा धरानमा आयोजित जनगायक जेबी टुहुरेको श्रदान्जली कार्यक्रम र धरानमै आयोजित फ्रेन्ड्स गार्डेन नाइटमा गीत गाएर संगीत क्षेत्रमा कम्ब्याक गरेका प्रदेश अहिले आफ्नो दोस्रो एल्बम थलो -२ को गीतहरुरेकर्डिङ्गमा ब्यस्त छन्।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्