पलायनको संघारमा पुजना


pujana-pradhan

ग्ल्यामर नेपाल, काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, रेखा थापा र पुजना प्रधानले एउटै फिल्मबाट करिअर सुरु गरेका हुन्। फिल्म थियो, हिरो । नरेश पौडेल निर्देशित यो फिल्म सुपरहिट भयो तर पुजनाको करिअरमा कुनै फाइदा पुराएन। जबकी रेखा त्यहि सफलताको सहारामा नम्बर वान नायिका बनिसकेकी छिन्। पुजनाको भने अत्तोपत्तो छैन्। करिअर सुरु गरेको एक दशक बितिसक्दा पनि गर्व गर्न लायक एउटा फिल्म खेल्न सकेकी छैनन्। बरु विभिन्न स्क्यान्डलका कारण बारम्बार चर्चामा आउने गरेकी छिन्। कहिले अश्लील अभिनय त कहिले कुन निर्माता/हिरोसँग नाम जोडिएका कारण। यसरी फिल्म क्षेत्रमा नामभन्दा बदनाम कमाएकी यी अभिनेत्रीको गत शुक्रबार एउटा फिल्म रिलिज भएको थियो, ‘चिहान’। जुन चलचित्र सुपरफल्प भएको हलवालाहरुले बताएका छन्।

बद्रिकृष्ण श्रेष्ठ निर्देशित ‘चिहान’ ले काठमाडौं उपत्यकामा निकै लाजमर्दो ब्यापार गरेको छ। जसका कारण पुजनाको इमेज अझ डाउन भएको विश्लेषण गरिएको छ। मायामा शंकाले कस्तो प्रभाव पार्छ भन्ने कथा बोकेको ‘चिहान’को प्रचारप्रसार अत्यन्त कमजोर थियो। रिलिज हुने दिनसम्म पनि दर्शकले फिल्मको नाम सुनेका थिएनन्। त्यसैले निरज बरालजस्ता चलेका अनुहारसँग काम गर्न पाए पनि पुजनालाई यस फिल्मले रत्तिभर फाइदा पुराएन। त्यसैले उनी आजकल मिडियाबाट धेरै टाढा भाग्न थालेकी छिन्।

उसो त ‘चिहान’ भन्दा अगाडि रिलिज भएको पुजनाको फिल्म ‘रक्षा’को पनि चौतर्फी आलोचना भएको थियो। अश्लील दृश्यका कारण उनलाई सामाजिक बहिष्कार गर्नेसम्मका हल्ला बजारमा चलेका थिए। तर, दुखको कुरा यति धेरै अंग प्रदर्शन गर्दा पनि फिल्मले लगानीको दश प्रतिशत रिकभर गरेन। ‘चिहान’ले पनि त्यहि नियती दोह्रोर्‍याएको छ ।

SUBSCRIBE 👉