तेरियाका लागि जीवन लुईँटेलको यति सुन्दर कविता


jiwan-luitel-teriya-magar-photo

वाह ! तेरिया वाह !
क्या छ तिम्रो मान
जताततै शान जताततै सम्मान
हेर,
तिम्रो आगमनले यहाँ धर्ती पनि मुस्कुराउँछ
हेर्दा तिम्रो नजरले पवन पनि लजाउँछ
तिम्रो कृति यसरी नै आकाश जस्तै फैलिरहोस्
तिम्रो सपना तिम्रो विपना सगरमाथा जस्तै चुलियोस् ।

यति सुन्दर कविता नायक जीवन लुईँटेलले डान्स इन्डिया डान्स लिटिल मास्र्टस सिजन ३ की विजेता तेरिया मगरका लागि लेखेका हुन् । करिब ४० हजार प्रतिस्पर्धीलाई उछिन्दै तेरियाले उपाधी चुमेकी थिइन् । आफ्नो नृत्य कलाबाट भारतीय अभिनेता वरुण धवनलाई फ्यान बनाएकी तेरियाले जीवनको पनि मन जितेका छिन् । त्यसैले त जीवनले यति मिठो कविता उनको लागि रच्न सके ।

झापाको सुरुगांमा मंगलबार आयोजित एक समारोहमा तेरियालाई सम्मान गर्दै जीवनले यो कविता सुनाएका हुन् । स्थानीय जेसिसले आयोजना गरेको कार्यक्रममा सयौं दर्शकको उपस्थिती थियो । खादा ओढाएर सम्मान गरिरहँदा उनले नेपालीको शान बढाएकोमा तेरियालाई धन्यवाद पनि दिए ।सम्मानपश्चात जीवनले माथिको कविता सुनाउँदा उपस्थित दर्शकले ताली पिटेका थिए भने तेरियाले पनि बसेको ठाउँबाट उठेर सिठी बजाएकी थिइन् । उनले जीवनलाई ‘फ्र्लाइङ किस’ दिन पनि भुलिनन् ।

जीवनले आफ्नो फेसबुक पेजमा पनि यो कविता पोस्ट गरेका छन् ।

SUBSCRIBE 👉