पाचौं मिस इ कलेजको लागि आवेदन खुल्ला


miss-e-college-2014

ग्ल्यामर नेपाल, काठमाडौं । सिजन मिडिया प्रा.लि.ले विगत ५ वर्ष देखि आयोजना गर्दै आएको कलेज स्तरमा अध्ययनरत युवतीहरुमा केन्द्रित ‘मिस ईकलेज २०१४’को नयाँ संस्करणको लागि आवेदन खुल्ला गरेको छ। प्रतियोगितामा १७ देखि २३ वर्ष उमेर समूहका कलेजमा अध्ययनरत युवतीहरुको सहभागिता रहने आयोजकले जनाएका छन्।

संस्थाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तका अनुसार प्रतियोगिताको आवेदन फारम बुधबारदेखि आगामी साउन ३० गतेसम्म मिडियाको कार्यालय पुतलीसडकमा आएर इच्छुक प्रतियोगीले भर्नुपर्नेछ । प्रतियोगीताको फाइनल चरणका लागि ३० जना प्रतियोगीहरु छनौट गरिने छ। छनौंट भएकाहरुलाई भदौ २ गतेबाट पौडी, शारीरिक फिटनेश, फोटोसेसन व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिइनेछ । कोरियोग्राफर रोजिन शाक्यले प्रतियोगीलाई गु्रमिङ गर्नेछन् । प्रतियोगिताको फाइनल २०७१ असोज ३ गते शुक्रवार हुनेछ।

SUBSCRIBE 👉