संकटमा विनिताको फिल्मी करिअर


binita-ghimire-nepali-hot-actress

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्मवृत्तमा कति हिरोइनहरु थोरै चम्किएपछि सेलाउँछन् भने कति चम्कन नपाउँदै मत्थर हुन्छन् । विनिता घिमिरे त्यस्तै हिरोइनमा पर्छिन्, जो चम्कन नपाउँदै फिल्मवृत्तबाट ओझेलमा परिरहेकी छिन्। डब्बु क्षेत्री निर्देशित फिल्म ‘राहदानी’ खेल्ले बेलामा विनिताले थोरै चर्चा बटुलेकी थिइन्। मिडियामा पनि राम्रो स्पेस पाएकी थिइन तर अहिले न मिडियामा चर्चा छ, न फिल्म क्षेत्रमा। बरु उनी पलाएन हुँदै गएको हल्ला सुनिन थालेको छ।

पहिलो कुरा त, ‘राहदानी’ युनिटसँग सम्बन्ध बिग्रिएका कारण प्रमोशनमा विनितालाई खासै स्थान दिइएको छैन्। स्वराकंन पनि अर्कै हिरोइनबाट गराइएको छ। त्यसैले अन्य राम्रा ब्यानरको विश्वास जित्न पनि असफल भएकी छिन्। अर्कोतिर, विभिन्न च्यारिटी शोका कारण ‘राहदानी’को पब्लिक स्क्रिनिङमा ढिलाइ भइरहेको छ। जसले गर्दा करिअरको पहिलो पाइलामै उनले अवरोध सहनु परेको छ। त्यसमाथि असारको पहिलो साता रिलिज भएको ‘कस्तो टेन्सन ?’ले उनको घाउमा नुनचुक छरेको छ। निकै लाजमद्रो व्यापार गरेपछि नाम जस्तै यो फिल्मले उनलाई टेन्सन दिएको हो।

कामको खडेरी परेको बेला रिलिज भएको फिल्मकै हालत यस्तो भएपछि विनिताको फिल्मी यात्रा कसरी अगाडि बढ्ला ? अनुमान लगाउन गाह्रो छैन्।

विनिताको हट फोटो शुट भिडियो हेर्नुहोस्

binita-ghimire-hot-photo-shoot-video

SUBSCRIBE 👉