तीजलाई लक्षित गर्दै तीज म्युजिक अवार्ड


Teej

ग्ल्यामर नेपाल, काठमाडौं । तीजसँग जोडिएर आउने एउटा महत्वपूर्ण माध्यम हो संगीत । यो चाडमा सर्वाधिक व्यस्त हुने भनेकै गायकगायिका हुन् । यही चाडलाई मध्यनजर गर्दै बजाज इन्टरटेनमेन्टले राजधानीमा ‘तीज म्युजिक अवार्ड २०७१’ आयोजना गर्ने भएको छ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या सय भन्दा माथि पुगे पनि यी गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहनबाट वञ्चित भएको भन्दै बजाज इन्टरटेनमेन्टले अवार्ड आयोजना गर्न लागेको हो । अवार्डका अध्यक्ष बीएस लामिछाने(राजु बजाज)ले सांस्कृतिक पर्व तीजका अवसरमा गीत संगीतलाई प्रोत्साहन मिल्ने वातावरण बनाउँदै त्यसका श्रष्टा र सर्जकलाई उत्साहित गराउन अवार्ड आयोजनागर्न लागिएको बताए । अवार्ड भाद्र ९ गते राजधानीमा हुनेछ । कार्यक्रममा तीजको सांस्कृतिक प्रस्तुतिसहित सहभागीलाई दर खुवाएर रीति एवं परम्पराको सम्मान गर्दै कार्यक्रमलाई मौलिक एवं भव्य बनाइने आयोजकको दाबी छ।

अवार्डमा सहभागी हुनको निमित्त तीजका गीतका श्रष्टाहरुले उत्कृष्ट गीत, गायिका, गायक, भाका, शब्द, एरेञ्जर, भिडियो निर्देशक, मोडल(महिला/पुरुष), छांयाकार, सम्पादक विधामा आफ्नो गीतलाई श्रावण मसान्तभित्र दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएका छन् । आयोजकका अनुसार यी ११ विधासहित पब्लिक च्वाईस अवार्डसमेत प्रदान गरिनेछ।

SUBSCRIBE 👉