पारिश्रमिक नदिने आयोजकविरुद्ध खनिए कलाकार


sugam-pokhrel

ग्ल्यामर नेपाल, काठमाडौं । सांगीतिक कार्यक्रममा प्रस्तुती गरेवापत पैसा नपाएका १४ कलाकारले आयोजकलाई कारवाही गर्नुपर्ने माग राखेका छन्। आयोजकद्वय हरिशरण महत र राजकुमार पटेलले गत जेठ २० देखि असार ०१ सम्म विभिन्न शहरहरुमा चलेको १५ दिने ”वाइड ईभेन्ट नेपाल टुर” नामक सांगीतिक कार्यक्रममा सहभागी गराएर पारिश्रमिक नदिएको भन्दै कलाकारले कानुनी बाटो खोज्ने चेतावनी दिएका हुन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा पीडित कलाकारहरुले एग्रिमेन्ट अनुसार रकम दिनुको सट्टा आयोजकले उल्टै धम्की दिएको आरोप पनि लगाए। ४८ घण्टाभित्र पारिश्रमिक नदिए ठगी गर्नेविरुद्ध कानुनी उपचार खोज्ने पीडित कलाकारमध्ये एक सुगम पोखरेलले बताए।

एग्रिमेन्ट अनुसार नै थोरै पेस्की रकम लिएर कार्यक्रममा सहभागी भएको र कार्यक्रम सम्पन्न भएपछि बाँकी पैसा दिनुको सट्टा धम्काएको सुगमले गुनासो पोखे। आफूहरुलाई ठग्ने आयोजकलाई कुनै पनि हालतमा नछोड्ने अर्का पिडीत कलाकार रमेश दुलालले बताए। ठगिने कलाकारहरुमा सुगम र रमेशसहित अभिनेत्री सुष्मा कार्की, गायकहरु सुगम पोखरेल, सम्भोज मल्ल, रुपक डोटेल, युवराज चौलागाई, प्रकाश कटवाल, कमल खत्री, गायिकाहरु आकांक्षा बस्याल, बुनु राई मानन्धर, सम्झना लामिछाने मगर, कार्यक्रम सञ्चालक सुर्जनी केसी, क्यामेराम्यान निकेश महर्जन, सवारीधनी नारायणप्रसाद ढुंगानालगायतका रहेका छन्।

SUBSCRIBE 👉