फेसबुकमा साकिराको १० करोड फ्यान


Shakiraग्रामी पुरस्कार विजेता विश्वचर्चित गायिका साकिराको फेसबुक पेज मनपराउने फ्यानको संख्या १० करोड पुगेको छ । यति धेरै संख्यामा फ्यान बनाउने साकिरा पहिलो सेलिब्रेटी हुन् । साकिरा सामाजिक सञ्जाल फेसबुकमा सर्वाधिक सक्रिय हुने कलाकारमध्ये एक हुन् ।

पीपुल पत्रिकाका अनुसार कोलम्बियाकी ३७ वर्षीया गायिकाले आफ्नो फेसबुक मनपराउने प्रति आभार व्यक्त गर्दै आफु खुशी भएको प्रतिक्रिया दिएकी छन्। फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि साकिरालाई बधाई दिएका छन् ।

विश्व चर्चित गीत ‘वाका वाका’की गायिकाले वर्षभर भएका आफ्ना महत्वपूर्ण कार्यक्रमको भिडियो फेसबुकमा राख्ने गरेकी छन् । भिडियोमा साकिराले गरेको च्यारिटी शो, छोरो मिलानको फोटो देख्न सकिन्छ ।

SUBSCRIBE 👉