सूर्य नाइट फेसन शो हुँदै


Surya-Fashion
ग्ल्यामर नेपाल, काठमाडौं । भारतमा चर्चित ब्राण्डको रुपमा रहेको सूर्य सारीलाई नेपाली बजारमा भित्र्याउने उद्देश्यले राजधानीको ¥याडिसन होटलमा आगामी साउन १८ गते ‘सूर्य नाइट फेशन शो’ हुने भएको छ । पार्टी फेष्टाले आयोजना गर्ने वृहत फेसन शोमा १२ जना व्यावसायिक मोडलहरुले सूर्य सारीका विभिन्न ब्राण्डका सारी लगाई ¥याम्पमा हिड्ने छन् ।

आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत डेनियल प्रधानका अनुसार नेपालमा पहिलोपटक सार्वजनिक रुपमा प्रदर्शन हुन लागेको सूर्य सारी ब्राण्डको फेशन शोमा दुई सारी र एक लेहेंगा सिक्वेन्समा मोडलहरु ¥याम्पमा हिँड्नेछन् । ‘यो ब्राण्डको सारी हङकङ, यूके र अष्ट्रेलियामा बढी चर्चित छ,’डेनियलले भने,‘नेपालमा पनि यसको माग बढेको हुनाले यसको प्रबद्र्धन गर्नका लागि फेशन शो गर्न लागेका हौं, यो सारी नेपाली संस्कृतिका लागि पनि उपयुक्र्त छ ।’ यो सारी ‘फेट्मा’ नामक अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

फेष्टाका प्रबन्ध निर्देशक डेभिड प्रधानले ५५ वर्ष अघि शुभारम्भ भएको सूर्य सारी ब्राण्डका सारीलाई फेशन शो स्थलमा विक्रीका लागि पनि राखिने जानकारी दिए । ‘यसको मूल्य न्यूनतम ३ हजारदेखि अधिकतम ५० हजारसम्म छ,’ उनले भने,‘नेपालका लागि ल्याइएका यी सारीले आम उपभोक्ताको मन जित्नेमा हामी विश्वस्त छौं ।’

शोको अफिसियल कोरियोग्राफरका रुपमा जयन सुब्बा मानन्धर छिन् भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी सुशिल नेपालले गर्नेछन् । पार्टी फेष्टाले यसअघि ‘सेलीब्रेटी वाक’ र ‘सिग्नेचर वाक’ चर्चित फेशन शोको आयोजना गरिसकेको छ ।

SUBSCRIBE 👉