रविले ल्याए समर्पण


Rabi-Samarpanग्ल्यामर नेपाल, काठमाडौं । मकवानपुरको बज्रबाराहीका युवा रवि आर.एस.ले डिभीडी भिडियो एल्बम बजारमा ल्याएका छन् । झण्डै ५ वर्ष अघि देखि संगीत क्षेत्रमा क्रियाशिल रविले आफ्नै स्वर, शव्द र संगीतमा ‘समर्पण’ नामक डिभीडी भिडियो एल्बम दर्शकमाझ ल्याएका हुन् ।

एल्बममा १० वटा पप गीत छन् । ‘दिन सक्दिन ठुलो धन हे नानु’लगायतका भिडियो उनले एल्बममा समेटेका छन्।
‘म आत्म सन्तुष्टिको लागि गाउने तथा लेख्ने गर्दछु ।’ उनले भने,‘ कला बेच्ने कुरा त होईन तर बा“च्नको लागि स्टेज कार्यक्रम मार्फत अगाडी बढ्ने सोचमा छु ।’ उनले चाँडै नै नेपाल भाषाको गीत संगीतमा पनि भिसिडीहरु निकाल्दै छन्।

SUBSCRIBE 👉